Sagun Khabar
बैतडीमा जिप दुर्घटना 

बैतडी- बैतडीमा जिप दुर्घटना भएको  छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ३ कार्यालय  नजिक जिप दुर्घटना भएको  हो ।

  जिप दुर्घटना हुँदा  जिप साहु हर्क  हर्क बोहरा  घाइते भएका स्थानीय लक्ष्मण बोहराले बताए ।  शुक्रबार दिउँसो ३ बजे  जिप दुर्घटनामा परेको  जनाइएको  छ । यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जिप पल्टेको  खबर प्राप्त भएको  र टोलि घटना स्थलतर्फ गइरहेको  बताए ।

स्थानीयका अनुसार  जिपमा साहु बोहरा मात्रै  सवार  रहेका थिए । जिप सडकबाट करिब सय  मिटर तल खसेको  बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update