Sagun Khabar
बैतडी जिप दुर्घटना अपडेटः एक जना घाइते, अवस्था मध्यम  

बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका न्वादेउबाट हाँट जाँदै गरेको सुप प्र ०४-००१ च ००६१नम्बरको  जिप वडा नं ३ न्वादेउ  बत्थीमा दुर्घटना हुँदा जिप साहु हर्क बहादुर बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिए ।

घाइते बोहराको टाउको  र बाँया खुट्टाको  कान्छी औँलामा चोट लागेको उनले बताए । घाइतेको अवस्था मध्यम रहेको र हाँट स्वास्थ्यचौकीमा उपचार भइरहेको  प्रहरी निरीक्षक खत्रीले  बताए ।

शुक्रबार दिउँसो ३ बजे  जिप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार जिपमा साहु र जिप चालक मात्रै  सवार थिए । जिप चालक अशोक बमलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । दुर्घटनाको  कारण खुल्न सकेको  छैन् । 

जिप सडकबाट करिब सय मिटर तल खसेको  बताइएको छ । घटनाबारे  थप अनुसन्धान भइरहेको  प्रहरीले  जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update