Sagun Khabar
बैतडीको दोगडाकेदार गाउँपालिकाको गाउँसभा सम्पन्न 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाको दोश्रो गाउँसभा आज (मंगलबार) सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य लगायत सभा सदस्यहरुको सहभागिता रहेको थियो । 

गाउँसभाले चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका योजनाहरुको कार्यान्वयनको अवस्थाका बिषयमा छलफल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए । 

गाउँसभामा योजना कार्यान्वयनका बिषयमा घनिभूत रुपमा छलफल भएको उनले बताए । चालु आर्थिक बर्षका योजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि थप तदारुकताका साथ काम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update