Sagun Khabar
अस्ताए बैतडीका  पुराना नेता

बैतडी- बैतडीमा नेपाली काँग्रेसका पुराना नेता बोहराको निधन भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका  वडा नं ५ कुवाकोट दानडा घर भएका काँग्रेसका पुराना नेता किशन सिंह बोहराको मंगलबार  आफनै निवासमा ८५ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस प्रदेश प्रतिनिधि एवं वडा नं २ का कार्यबाहक वडा अध्यक्ष कर्ण बहादुर धानुकले जानकारी दिए ।

उनक अनुसार बोहरा पूर्व वडा अध्यक्ष हुन् । बोहराले २०५६ सालमा काँग्रेसबाट वडा अध्यक्षमा निर्वचित भएर काम गरेका थिए। साविकको कुवाकोट गाविस वडा नं ५को वडा अध्यक्ष भएर बोहराले परिपवर्तनको पक्षमा काम गरेका थिए । 

पार्टीको झण्डा ओढाएर बोहरालाई अन्तिम श्रद्धाञ्जली अरपण गरिएको काँग्रेस नेता धानुकले बताए । बोहराको निधनमा कांग्रेसका नेता कार्यकर्ताका साथै अन्य व्यक्तिहरुले समेत शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update