Sagun Khabar
अनेरास्ववियूको बैतडी संयोजकमा भट्ट

बैतडी -अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बैतडी संयोजकमा रोशन भट्ट चयन भएका छन् । अनेरास्ववियूको  सुदूरपश्चिम प्रदेश स्तरीय बैठकले भट्टलाई सर्वसम्मत संयोजकमा चयन गरेको  हो । 

नेकपा एकीकृत समाजवादी पार्टी (एस) निकट अनेरास्ववियूको प्रदेशस्तीरय बैठकले आफुलाई संयोजकको जिम्मेवारी प्रदान गरेको भट्टले बताए । जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँ घर भएका भट्टले संगठनले जिल्लाको संयोजकको जिम्मेवारी दिएको भन्दै  स्ववियू चुनावलाई लक्षित गरेर  संगठन विस्तार  गरिने  बताए । आयोजक समिति गठन गरेर संगठन विस्तार गरिने उनको भनाई छ । 

अनेरास्ववियूका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष पुष्प लाल रोकायाको  अध्यक्षतामा माघ ४ गते धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय बैठक बसेको थियो । सोही बैठकबाट नेतृत्व चयन गरिएको  हो । धनगढीमा सम्पन्न बैठकमा नेकपा एसका नेताहरुको सहभागिता रहेको थियो ।

 बैठकमा प्रतिनिधि सभा सदस्य  एवं पूर्व  मन्त्री डाक्टर शेर बहादुर कुवँर, पूर्व मन्त्री एवं सुदूरपश्चि प्रदेश सभा सदस्य दिर्घ बहादुर सोडारी, अनेरास्ववियू  प्रदेश इन्चार्ज हिरेन्द्र  साही लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको  थियो । अनेरास्ववियू जनताको  हकहितमा काम गर्ने संगठन हो ।   

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update