बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी अभाव हुँदा समस्या भएको छ । विगत लामो समय देखि जिल्ला प्रशासन कार्यालय बैतडीमा कर्मचारी अभाव हुँदा सेवा सम्पादनमा समस्या भएको हो ।
कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या भएको जिल्ला प्रशान कार्यालय बैतडीको प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शंकर बहादु र बोहराले जानकारी दिए । कार्यालय सहयोगि गरि २३ जनाको दरबन्दी रहेको जिल्ला प्रशासनमा सहकाय प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य सम्पादनमा समस्या भएको उनले बताए । प्रशासन कार्यालयमा कामको चाप हुने भएकाले सेवा प्रवाहमा समस्या हुने गरेको उनले बताए ।
दुई जना प्रशासकीय अधिकृतको दरबन्दी रहेकोमा आफु मात्रै भएकाले समस्या भएको उनको भनाई छ । प्रशासकीय अधिकृत बोहराका अनुसार एक जना उप सचिवको दरबन्दी खालि छ भने अन्य कर्मचारी पनि अभाव रहको छ । प्रशासनमा उपसचिप र अफिसर नहुुँदा बजार अनुगमन लगायतका कामकाज गर्न समस्या हुने गरेको छ ।
कर्मचारी अभावमा हुलाक र मालपोत कार्यालबाट काजमा कर्मचारी लिएर काम भइरहेपनि समस्या भएको बताइएको छ । बैतडीका स्थानीयतहमा पनि कर्मचारी नहुँदा समस्या छ भने यहाँका कार्यालयहरुमा पनि दरबन्दी अनुसारका कर्मचारी अभावले काम कारबाही गर्न समस्या भइरहेको हो ।





