बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले पनि राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेको छ । नगरपालिका भित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि नगरपालिकाले आयोगसंग सम्झौता गरेको हो ।
बिहीवार आयोगका पदाधिकारी र नगरपालिकाका जनप्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा नगरपालिकाका तर्फबाट नगरप्रमुख पुष्कर राज जोशी लख्खाभाइले हस्ताक्षर गरेका हुन् । यो संगै बैतडीका १० ओटा स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेका छन् ।अन्य पालिकाले यय अघिनै राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका थिए ।
जिल्लाका सबै स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए । समझौता गरेर स्थानीय तहहरु धमाधम लगत संकलनको काम गरिरहेका अध्यक्ष ऐरले बताए ।
आ–आफ्ना स्थानीय तहमा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनका लागि पालिकाहरुले काम गरिरहेका उनले बताए । भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरेर उनीहरुलाई आयोगले लालपूर्जा समेत वितरण गर्ने छ ।





