Sagun Khabar
झुलाघाटमा अचेत अवस्थामा भेटिएका बैतडीका युवकको मृत्यु 

बैतडी- झुलाघाटमा अचेत अवस्थामा भेटिएका बैतडीका एक युवकको मृत्यु भएको  छ । आज दिउँसो १ बजे  झुलाघाटको बसपार्कमा अचेत अवस्थामा भेटिएका दशरथचन्द नगरपालिका ४ जर्कका अन्ताजी ३३ वर्षीय भरत चन्दको उपचारको क्रममा जिल्ला   अस्पतालमा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले जानकारी दिए ।

अचेत अवस्थामा बस पार्कमा भेटिएका चन्दलाई  जिल्ला अस्पताल ल्याइएकोमा २ बजेको समयमा  मृत्यु भएको उनले बताए । मृतक चन्द रोजगारीको  सिलसिलामा भारतमा थिए । आज घर फर्किने क्रममा यो घटना घटेको बताइएको  छ । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update