Sagun Khabar
बैतडीमा चार दिन देखि  बेपत्ता महिला मृत फेला 

बैतडी- बैतडीमा बेपत्ता महिला मृत फेला परेकी छिन् । चार दिन देखि बेपत्ता जिल्लाको सिगास  गाउँपालिका वडा नं ६ थलाकाँडाका लोकेन्द्र धामीकी  २० वर्षिया श्रीमती  राधीका धामी बिहीवार मृत अवस्थामा फेला परेकी हुन् ।

उनी आज थलाकाँडाको उबखोला भन्ने ठाउँमा मृत फेला परेकी स्थानीय खगेन्द्र सिंह धामीले जानकारी  दिए । स्थानीयले दिएको  जानकरी अनुसार राधीका माघ दुई गते  दिउंँसो  घास काट्न जान्छु  भनेर घरबाट निस्केकी थिइन् ।

घाँस काट्न निस्केकी उनी घर नआएपछिे  खोजि कार्य  भइरहेको थियो । स्थानीयले खोज्ने  क्रममा उनलाइ बिहीवार मृत अवस्थामा भेटेको हो । यता जिल्ला प्रहरी कार्यालय  बैतडीले  भने  घटनाबारे  बुझने  काम भइरहेको  बताएको  छ। 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update