Sagun Khabar
सुदूरपश्चिमका  एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

बैतडी- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका  पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको  एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली  प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update