Sagun Khabar
गाउँमा बिरामी बोक्ने स्ट्रेचर छैन्, डोरीमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता

दार्चुला- दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–२ न्वालपानी कि एक महिलालाई सुत्केरी व्यथाले च्यापेपछि खाटको डोरीमा बोकेर स्वास्थ्य चौकी पु¥याएको छ । विहिबार राती ती महिलालाई सुत्केरी व्यथा लागेको थियो।

गाउँमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा यसैगरी खाटको डोरीमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय प्रकाशसिंह धामीले गुनासो गरेका छन् ।

साथै गाउँमा बाटो समेत राम्रो नहँुदा विरामी अस्पताल पु¥याउन समस्या हुने गरेको स्थानीलयले बताएका हुन्। जिल्लाको न्वालापानीमा कम्तीमा ७० परिवारको बस्ती छ ।

Atrya hospital

उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या हुने गरेको स्थानीयको गुनासो छ । गाउँवासी बिरामी हुँदा खाटको डोरीमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update