Sagun Khabar
बैतडीको पञ्चेश्वर गाउँपालिकाले  हिउँदे फलफूलका विरुवा वितरण गर्ने 

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले हिउँदे फलफूलका विरुवा वितरण गर्ने भएको छ । कृषि शाखाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत हिउँदे फलफूलका विरुवा वितरण गर्ने तयारी भएको गाउँपालिकाका कृषि शाखा प्रमुख भुवन सिंह भण्डारीले जानकारी दिए । 

कृषकहरुलाई निशुल्क फलफूलका विरुवा वितरण गरिने उनले बताए । वार्षिक स्वीकृत कार्यक्रमबाट हिउँदे फलफूलका विरुवा वितरण गर्नका लागि सूचना जारी भइसकेको र कृषकहरुलाई मागका आधारमा विरुवा वितरण गरिने उनले भनाई छ ।

आरु, खुर्पानी, आरु बखडा,ओखर नास्पातीका विरुवा वितरण गरिने कृषि शाखा प्रमुख भण्डारीले बताए । गतविगत देखिनै पञ्चेश्वर गाउँपालिकाले निशुल्क रुपमा फलफूलका विरुवा वितरण गर्दै आएको उनले बताए । 

फलफूलका विरुवा लगाउन चाहाने इच्छुक कृषक, कृषि समूह,सहकारी तथा कृषि फर्महहरुलाई सख्या उल्लेख गरेर निवेदन दिन अनुरोध गरिएको छ । एक हप्ताको सूचना निकालेर आवेदनका लागि आह्वान गरेको र मागका आधारमा कृषकलाई विरुवा वितरण गरिने गाउँपालिकाले जनाएको  छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update