Sagun Khabar
दार्चुलाको हिमाली क्षेत्रमा हिमपात

दार्चुला- दार्चुलामा बिहीबारदेखि हिमपात भएको छ। व्याँस र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागमा हिमपात हुँदा चिसो बढेको छ। बिहीबार बिहानैबाट मौसममा बदली भएर हिमपात सुरु भएको अपिहिमाल गाउँपालिकाका स्थानीय पार्वती बोहराले बताए। मौसम बदली हुँदा जिल्लाभर चिसो बढेको छ।  

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update