बैतडी- बैतडीको मेलौली नगरपालिका २ स्थित धर्मघर मावि सलेनाको ७३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विभिन्न साँस्कृतिका कार्यक्रमका साथ विद्यालयको ७३ औँ वार्षिकोत्सव सम्पन्न भएको शिक्षक हरिश नायकले जानकारी दिए ।
नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको उनले बताए । विविध साँस्कृतिक कार्यक्रम गरेर सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक राम बहादुर चन्दले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक चन्दले गत वर्ष विद्यालयको कुल आम्दानी १ करोड ४९ लाख ७८ हजार ८ सय ४१, खर्च १ करोड२५ लाख ६८ हजार २ सय ५४ र बचत २० लाख १० हजार ५ सय ७ रहेको बताएका छन् । यस्तै वार्षिकोत्सव कार्यक्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विभिन्न कार्यक्रमका विजेता तथा पढाइमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको शिक्षक नायकले बताए । कार्यक्रममा बोल्दै नगरप्रमुख चन्दले विद्यालयको सर्वाङगिण विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
उनले विद्यालयको भौतिक विकास तथा तथा शैक्षिक गुणस्तर सुधारका लागि आफु प्रतिवद्ध रहेको बताएका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिब भट्टको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा जनप्रतिनिधि ,विभिन्नराजनीतिक दलका प्रतिनिधि, शिक्षक विद्यार्थी, अभिभावक तथा सर्वसाधारण नागरिकहरुको सहभागिता रहेको थियो ।





