बैतडी-बैतडीका सबै स्थानीयतहले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका छन् । चार नगरपालिका र ६ ओटा गाउँपालिका रहेको जिल्लाका सबै पालिकाले अव्यवस्थित बसोबासीहरुका समस्या समाधानका लागि राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेका हुन् ।
पालिका भित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि स्थानीयतहले राष्ट्रिय भूमी आयोग संग समझौता गरिसकेका राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर (कपील)ले जानकारी दिए ।
पालिकाले समझौता गरेसंगै धमाधम तथ्याङ्क संकलनको काम भइरहेको उनले बताए । जिल्लाका सबै स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरिसकेको र स तहहरु धमाधम अहिले तथ्याङ्क संकलनको काम गरिरहेका अध्यक्ष ऐरले बताए ।
आ–आफ्ना स्थानीय तहमा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनका लागि पालिकाहरुलाइ पत्राचार गरिएको र सोही अनुसार पालिकाहरुले अहिले काम गरेको पाइएको उनले बताए । भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क संकलन गरेर उनीहरुलाई आयोगले लालपूर्जा समेत वितरण गर्ने छ ।
त्यसका लागि अहिले जिल्लाका सबै स्थानीय तहहरुले राष्ट्रिय भूमी आयोगसंग सम्झौता गरेर लगत संकलन गरेर काम गरिरेहका हुन् । धेरै जसो स्थानीयतहहरुले तथ्याङ्क संकलन गरेर कम्प्युटराइज समेत गरिसकेका बताइएको छ । संकलित तथ्याङ्क इन्ट्रि गेर केन्द्रिय कार्यालय पठाइने र त्यसपछि लालपूर्जा वितरणको प्रकृया अगाडी बढ्ने राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीले जनाएको छ ।





