Sagun Khabar
बैतडीमा हर्न बजाउने सवारीलाई ५ सय जरीवाना  

बैतडी-बैतडीको गोठलापानी बजारमा हर्न बजाउने सवारीसाधन कारवाहीमा परेका छन् । गत पौष देखि जिल्लाको गोठलापानी बजार हर्न निषेध  गरिएको थियो । हर्न  निषेध पश्चात  बजार क्षेत्रमा हर्न बजाएको पाइएपछि सवारीसाधन कारवाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले जानकारी दिए । 

उनका अनुसार बजार क्षेत्रमा हर्न बजाउने चार ओटा सवारीसाधनका हर्न निकालिएका छन् । यस्तै ४ ओटा सवारीसाधनलाई कारवाही गरेर जारीवान अशुल गरिएको छ भने ११ सवारीसाधनलाई सम्झाबुझाइ गरि छोडिएको हो ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको निर्देशन अनुसार ४ ओटा लामो दुरीका सवारीसाधनको प्रेशर हर्न निकालिएको ट्राफिक प्रमुख नाथले बताए ।

यस्तै जिल्लाको गोठलापानी बजारमा हर्न बजाउने ११ओटा सवारीसाधनलाई पहिलोपटक सम्झाइबुझाइ गरेर छोडिएको र दोस्रोपटक पनि बजाएको पाइएपछि ४ ओटा सवारीसाधनबाट ५÷५ सय जरीवाना काटिएको उनले बताए । बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने उद्देश्यले हर्न निषेध गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा सर्वपक्षीय छलफलबाट भएको उक्त निर्णयको अहिले कार्यान्वयन भइरहेको छ । बजारमा सवारीसाधनले आक्कलझुक्कल हर्न बजाए पनि  सम्झाइबुझाइ  गर्ने  गरेकाले सबै सचेत हुँदै गएका ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै बजार क्षेत्रमा अब हर्न निषेधितक्षेत्र लेखिएको बोर्डहरु लगाउने तयारी भएको  बताइएको छ । केहि दिनमै बजारमा बोर्ड  लगाइने ट्राफिक प्रमुख नाथले बताएका छन् ।  अगामिदिनमा पनि   जथाभावी हर्न बजाएर गुड्ने  गाडीलाई  निणन्त्रणमा लिएर  कारवाही गर्ने  ट्राफिक प्रहरीले  बताएको छ । 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update