Sagun Khabar
दार्चुलाको गोकुलेश्वरमा बेवारीसे शव फेला
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-  दार्चुलाको गोकुलेश्वरमा बेवारीसे  शव फेला परेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर स्थित चौलानी नदि किनारमा शनिबार अप्राहन्न ४ बजेतिर बेवारीसे  शव फेला परेको हो । 

चौलानी नदि किनारमा अन्दाजी २५ बर्षिया महिलाको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले जानकारी दिए  ।

नगरपालिका भवन पछाडी नदि किनारमा शव फेला परेको उनले बताए । शवको पहिचान हुन नसकेको प्रहरी निरीक्षक थापाले बताए ।  शवलाई परिक्षणका लागि गोकुलेश्वर  अस्पतालमा ल्याउने तयारी भइरहेको उनले  बताए ।  घट्ना बारे थप अनुसन्धान भइरहेको  दार्चुला प्रहरीले  जनाएको  छ ।  

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update