Sagun Khabar
बैतडीको पाटनमा एकीकृत घुम्ती सेवा शिविर 

बैतडी- बैतडीको पाटन नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । भगौलिक हिसाबले  नगरपालिकाको कार्यालयबाट टाढा रहेका वडाहरुमा पाटनले  शनिबारबाट एकीकृत घुम्ती सेवा शिविर  सञ्चान गरेको  हो । 

नगर कार्यालय भन्दा टाढा रहेका नागरिकहरुलाई गाउँटोलमै सेवा दिने उदेश्यले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको पाटन नगरपालिकाका नगर प्रमुख गौरि सिंह रावलले जानकारी दिए । आज वडा नं ७ मा शिविर सञ्चालन गरिएको र अन्य वडाहरुमा पनि छिट्टै एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिने उनले  बताए । 

एकीकृत घुम्ती सेवा शिविर मार्फत नगरपालिकाले अपाङ्गता  परिचय पत्र नवीकरण, योजना सम्झौता , उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण, शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान, पशुपन्छीमा देखिएका रोगको निदानका लागि परार्मशका साथै औषधि वितरण, अपहेलित गाउँका नाम परिवर्तन पनि संग संगै भइरहेका नगर प्रमुख रावलले  बताए । 

नगरपालिकाबाट प्रवाह हुने  अन्य  सेवाहरु पनि एकीकृत घुम्ती सेवा शिविर मार्फत प्रदान भइरहेका बताइएको छ । गाउँघरमै सेवा पाँउदा नगरबासीहरु पनि खुसी भएका छन् । नगरपालिकाको कार्यालय टाढा हुँदा सेवा सिन समस्या भइरहेका बेला गाउँघरमै सेवा पाउँदा  खुसी  लागेको   त्यहाँका स्थानीयहरुको  भनाई  छ । 

वडा नं ७ मा सञ्चालित एकीकृत घुम्ती सेवा शिविरमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update