Sagun Khabar
बैतडीमा १६ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर

बैतडी- बैतडीमा १६ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेका पाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका अनुसार जिल्लाको १६ प्रतिशत नागरिक अझै खानेपानीको पहुँच बाहिर रहेको पाइएको हो ।

जिल्लाको ८४ प्रतिशत नागरिक खानेपानीको पहुँचमा रहेको भएपनि अझै १६ प्रतिशत नागरिक पहुँच भन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख कृष्ण बहादुर बोकटीले जानकारी दिए । 

भगौलिक विकटताका कारण खानेपानीका मुहान टाढा भएकाले नागरिकहरु खानेपानीको पहुँच बाहिर रहेका उनले बताए । टाढा बस्ति भएका ठाउँमा नजिक खानेपानीका मुहान नहुँदा  नागरिकहरु खानेपानीको पहुँच बाहिर रहेका हुन् । 

टाढाको पानी पुर्याउन समस्या हुने भएकाले नागरिकहरुले अहिले पनि खानेपानीको  समस्या झेलि रहेका छन् ।वस्तिहरु डाँडामा हुनु र नजिक पानीका मुहान नहुनुले सतप्रतिशत नागरिक खानेपनीको पहुँचमा पुग्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका निमित्त डिभिजन प्रमुख बोकटीको भनाई छ । मुहान अभावले नै नागरिकलाई समस्या भएको उनले बताए ।

यहाँका डाँडाकाँडाका बस्तिहरुमा स्रोतका अभावले पानी पुर्यान समस्या भइरहेको उनले बताए ।सुर्नयाको धरमघर लगायत जिल्लाको धेरै उच्च ठाउँमा रहेका गाउँवस्तिहरुमा मुहानकै अभावले खानेपनी पुर्याउन कठिन भएको उनले बताए । यस्तै अहिले जिल्लामा १४४ क्रमागत खानेपानीका योजना निर्माण प्रकृयामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ । 

१४४क्रमागत खानेपानीका योजना मध्ये जिल्लामा ८ ओटा लिप्टीङ प्रविधिका योजना निर्माणाधिन अवस्थामा रहेको निमित्त प्रमुख बोकटीको भनाइ छ । जिल्लामा संघ र प्रदेश सरकारको बजेटबाट बृहत खानेपानीका योजनाहरु निर्माणको प्रकृयामा रहे पनि समयमा सम्पन्न हुन सकेका छैनन् । 

ग्रामीण भेगका नागरिकरुलाई शुद्ध खानेपानीको पहुँच भित्र ल्याउन बृहत खानेपानीका योजना निर्माणधिन अवस्थामा रहे पनि समयमै सम्पन्न नहुँदा नागरिकहरुले  समस्या भोगि रहेका हुन् । यस्तै क्रमागत अवधारणा अनुसार सञ्चालित जिल्लाका बृहत खानेपानी योजनामा पहिलो वर्ष बजेट आएपनि दोस्रो पटक बजेट नै नआउने  गरेका गुनासा पनि जिल्लाबासीका रहेका छन् ।

कतै  राज्य पक्षको  कमजोरी, कहिँ  पर्याप्त मुहानको कमिले जिल्लाका नागरिक अहिले पनि सहज खानेपानीको पहुँच बाहिर  छन्  । जिल्लामा निर्माण प्रकृयामा रहेका कतिपय खानेपानीका योजनाहरुमा दलगत लडाँइले  पनि दोस्रोपटक बजेट नपर्ने  गरेको  यहाँका नागरिकहरुले  गुनासो  गरेका छन् । 


 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update