बैतडी-बैतडीको सुर्नया गाउँपालिका ७ कठमडा स्थित केदार माविले ६२ औँ वार्षिकोत्सव मनाएको छ । ६२ वर्ष पुरा गरि ६३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आइतबार विद्यालयले ६२ औ बार्षिकोत्सव मनाएको हो ।
विभिन्न साँस्कृतिक कार्यक्रमका गरेर ६२ औँ वार्षिकोत्सव मनाइएको शिक्षक कमल साउदले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर साउको सभाध्यक्षता तथा सुर्नया गाउँपालिकामा अध्यक्ष अम्मर बहादुर कुवँरको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यपक उत्तर बहादुर कुवँरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले ९६ लाख ३६ हजार ४०२ रुपैँया बराबरको आर्थिक आयव्यय प्रस्तुत गरेका हुन् । कार्यक्रममा पढाएमा उत्कृष्ट र वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरु पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक उत्तर बहादुर कुवँरे जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष कुवँरले शिक्षा क्षेत्रको विकासका लागि आफु तयार रहेको बताए थिए । साथै उनले विद्यालयमा सर्वाङगिण विकासका लागि पछाडि नहट्ने बताएका छन् । यस्तै कार्यक्रमकी बिशिष्ट अतिथी समेत रहेकी गाउँपालिका उपाध्यक्ष मञ्जु महरा बोहराले विद्यालयको विकासका लागि गाउँपालिकाबाट पहल गर्ने बताएकी छिन् ।
वार्षिकोत्सव कार्यक्रमा सुर्नया गाउँपालकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत हिमाँशु भट्ट, प्रवक्ता प्रताम महरा,अन्य जनप्रतिनिधि, शिक्षक विद्यार्थी अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो ।





