Sagun Khabar
बैतडीमा  मावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता हुने

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा माविस्तरीय हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । शहीद दिवस तथा दशरथचन्द स्मृति प्रतिष्ठानको २८औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहि माघ १४ गते मावि स्तरीय  हजिरिजवाफ प्रतियोगिता हुने भएको हो । 

उदय देव बहुउदेश्यीय सहकारी संस्थाको आर्थिक सयोग तथा शहीद दिवस र दशरथचन्द स्मृति प्रतिष्ठानको २८ औँ वार्षिकोत्सवको अवसरमा माघ १४ गते हाजिरिजवाफ प्रतियोगिता राखिएको प्रतिष्ठानका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिता दशथचन्द मावि सुन्दुरखालीमा हुने बताइएको छ । प्रतियोगितामा प्रथप हुनेलाई नगद ५ हजार प्रमाण पत्र, द्धितियलाई ३ हजार  प्रमाण पत्र, तृतिय हुनेलाई २ हजार प्रमाण पत्र, र चौथो स्थान हाशिल गर्ने टिमलाई नगद १ हजार र प्रमाण पत्र प्रदान गरिने े आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागिताका लागि दशरथचन्द नगरपालिका भित्रका सबै मावि विद्यालयलाई अनुरोध गरिएको  छ । हजिरिजवाफ प्रतियोगिता मा भाग लिने विद्यालयले माघ १२ गते भित्र टिम दर्ता गरि सक्नु पर्ने छ । पुरस्कार सहितका यी यस्ता प्रतियोगिताहरुले विद्यार्थीहरु पढाइमा मन लगाउने र यसबाट दक्ष जनशक्ती  उत्पादन हुने अपेक्षा गरिएको  छ । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update