Sagun Khabar
बैतडीको सुर्नयामा चितुवाको आतंक कायमै,गोठमै पसेर मार्न थाल्यो बाख्रा !

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा चितुवाको आतंक कायम छ । लामोसमय देखि गाउँपालिकाका विभिन्न वाडामा चितुवाको आतंक कायम रहेको हो । चितुवाले किसानहरुले पालेका वस्तुभाव मार्दै आएको छ । 

गाउँपालिकाको वडा नं ३ , ४, र वडानं  ८ मा चितुवाले  घरपालुवा जनावर खाने गरेको  छ । किसानहरुले मिहेनत गरेर पालेका   बाख्रा खसि चितुवाले खाने गरेको छ । वन चराउन जंगल लगेका बाख्रा , खसि लगायतका वस्तुभाव खाने गरेको चितुवाले पछिल्लो समय  गोठमै पसेर  खान थालेको छ । 

चितुवाले सुर्नया भित्र सयौँको संख्यामा खसि बाख्रा मारि सकेको छ । रातिको समयमा गोठबाटै चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि किसानहरु समस्यामा परेका छन् । गाउँ नजिका जंगलमा बस्ने चितुवा रातीको समयमा आएर  बाख्रा मार्न थालेको  कठमडाका स्थानीय धनबहादुुर साउदले बताए ।

आइतबार राति मात्रै चितुवाले गोठमै पसेर बाख्रा मारेको उनले दुखेसो पोखेका छन् । नजिकैको ढोले जंगलबाट गाउँमा चितुवा पस्ने गरेको बताइएको छ । लगातार जसो चितुवाले गाउँमै पसेर घरपालुवा जनावर खाने गरेकाले स्थानीय नागरिकहरु डराएर बस्न बाध्य छन्  । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update