Sagun Khabar
बैतडीको एक  विद्यालयमा चिटिक्क परेको चारकोठे भवन, विद्यार्थी बस्न पाउँदैन्न् !

बैतडी-बैतडीको एक विद्यालयका विद्यार्थी  खोला किनारमा पढ्न बाध्य भएका छन् । जिल्ल्लाको पञ्चेश्वर गाउँपालिका–१ शेरी स्थित गडदेव आधारभूत विद्यालयका विद्यार्थी एक वर्षदेखि खोला किनारमा बसेर पढ्न बाध्य भएका हुन् ।

२०७७ साल कात्तिमा ४ गतेको अबिरल बर्षासंगै आएको बाढीले विद्यालयको भवन बगाएदेखि विद्यार्थीहरुलाई बसाइ व्यवस्थापनमा समस्या हुँदै आएको छ ।  विद्यालय भवन भत्केपछि  दुई वर्ष  विद्यार्थीले खुल्ला आकाश मुनि बसेर पढ्नु परेको र अहिले नयाँ भवन बन्दा पनि  बाहिर नै बाध्यता रहेको  प्रधानाध्यापक निर्मला चन्दले जानकारी दिए ।

विद्यालय भत्केपछि आर्थिक वर्ष २०७७÷७८को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखमा ४ कोठे भवन निर्माण भएपनि विद्यार्थीले बस्न नपाएका उनको  भनाई छ ।  पुरै रकम भुक्तानी नभएको भन्दै भवनमा ताला लगाउँदा बालबालिकाहरुलाई चिसोमा झन समस्या भइरहेको छ । 

गाउँपालिकाका जनप्रतिनिधिहरुले विद्यालयमै मौखिक रुपमा व्यवस्थापन समितिसंँग सम्झौता गरेर   निर्माणको जिम्मा दिएको थियो । सोही सम्झौता अनुसार ४ कोठे भवन निर्माण भएपनि पुरै रकम भुक्तानी नभएको निर्माणको जिम्मा पाएका केशव घटालले बताए । यता गाउँपालिकाका ईन्जिनियर घनश्याम मैनालीले भने सम्झौता अनुसारको रकम सबै भुक्तानी भइसकेको बताए । 

पुरा रकम भुक्तानी नगरेपछि निर्माण समितिले नयाँ भनवमा बस्न नदिएको हो । भुक्तानी नमिलेपछि  बनेको भवनमा ताला ठोकेर विद्यार्थीलाई अप्ठेरोमा पार्न गलत भन्दै अहिले आलोचना पनि भइरहेको छ । 

चिसो समयमा बालबालिकाहरु खोला किनारममा बसेर शिक्षा आर्जन गरिहेपनि सम्बन्धित निकाय मौन रहेको छ । यता गाउँपालिकाले  भने विद्यार्थीलाई  नयाँ भवनमा बस्ने  बतावरण मिलाइने  बताएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update