Sagun Khabar
बैतडीमा ट्राफिक नियम उल्लंघन गर्ने आढाइ हजार बढी सवारीसाधन कारवाहीमा

बैतडी- बैतडीमा अढाइ हजार बढी सवारीसाधन कारवाहीमा परेका छन् । नौ महिनाको अवधीमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने अढाइ हजार बढी सवारीसाधन कारवाहीमा परेका हुन् ।

बैशाख देखि पुष महिना सम्म ट्राफिक नियम उल्लघन गर्ने २ हजार ७ सय २१ सवारीसाधन माथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख दशरथ नाथले जानकारी दिए । १ सय १४ बस, ३२२ ट्रक, १ हजार ४१८ जीप कार,२१९ ट्याक्टर  र ५ सय९३ मोटरसाइकल कारवाहीमा परेका उनले बताए  । 

यस्तै अन्य ११४ गरि २ हजार ७ सय २१ सवारीसाधन माथि कारवाही गरिएको उनको  भनाई छ। सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु कारबाहीमा परेका ट्राफिक प्रहरी प्रमुख नाथले बताए ।

यस्तै कारवाहीमा परेका सवारीसाधानबाट १३ लाख ६५ हजार  ५ सय राजस्व संकलन भएको बताइएको छ ।  पछिल्लो सयम जिल्ला भित्र  ट्राफिक प्रहरीले  सवारी चेकजाँचमा कडाइ गरेको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला भित्र चेकजाँचमा कडाइ गरिएको हो ।

अहिले जिल्लाका चार ठाउँमा ट्राफिक प्रहरीको उपस्थिति छ । साहिलेक, सतबाँझ, पाटन र खोड्पेमा ट्राफिक प्रहरीको उपस्थिति रहेको र सबै ठाउँमा चेकजाँचमा कडाइ गरिएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय  बैतडीले  जनाएको  छ । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update