Sagun Khabar
बैतडीको बाइम गाउँमा बिजुली बल्यो, स्थानीय हर्षित

बैतडी- बैतडीको बाइम गाउँमा बिजुली बलेको छ । उज्यालो बाट टाढा रहेको जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ को बाइम गाउँमा मंगलबार रातिबाट बिजुली बलेको हो ।

गाउँ विद्युतिकरण भएपछि स्थानीय हर्षित भएका छन् । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन गाउँमा पुगेपछि नागरिकहरु हर्षित भएका स्थानीय प्रदिप जोशीले बताए । बाइम गाउँका घरघरमा बिजुली बलेको उनले  बताए ।

धामी गाउँ सम्म पुगेको बिजुली बाइम गाउँमा पनि विस्तार भएपछि अहिले यहाँका नागरिकहरुको मुहारमा खुसियालि छाएको उनको भनाई छ । डिलाशैनी सरकारको पहल र सहयोगमा गाउँमा बिजुली पुगेको उनले बताए । यस अघि विद्युतीकरणका लागि बाइम गाउँका स्थानीयहरुले पोल बोकेका थिए ।

आफ्नो गाउँमा विद्युतीकरणका लागि गत कार्तिकमा आफुहरुले जनश्रमदानमा पोल बोकेका र अहिले बत्ति बल्दा खुसि लागेको स्थानीय बिरेन्द्र जोशीले बताए । गाउँपालिकाले उज्यालो डिलाशैनी अभियान अन्तर्गत पालिका भित्र विद्युत विस्तार कार्य गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update