Sagun Khabar
बैतडीमा बढ्दै मकैको उत्पादन

बैतडी- बैतडीमा मुख्य खाद्यबालीका रुपमा रहेको मकैको उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा मकैको उत्पादन बढ्दै गएको हो ।

जिल्लामा मकै खेतिका लागि क्षेत्रफल नबढेपनि उत्पादकत्व बढ्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि अर्थ विज्ञ मिलन कडेँलले जानकारी दिए । क्षेत्रफल यथावत रहेको र पछिल्लो समय उत्पादकत्व भने बढेको पाइएको उनले बताए । 

कृषि अर्थ विज्ञ कडेँलका अनुसार बैतडीमा आर्थिक वर्ष २०७६÷७७ मा १९ हजार ४६४ मेट्रिकटन मकै उत्पादन भएको थियो । यस्तै २०७७÷७८ मा २० हजार १५९ र गत आर्थिक वर्ष २०७८÷७९ मा २१ हजार ९६० मेट्रिकटन मकै उत्पादन भएको छ । यो वर्षको  तथ्याङ्क आइनसकेको र यो वर्ष पनि मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र बैतडीले  जनाएको छ ।

 किसानहरुले उन्नत जातको बिउको प्रयोग गरिरहेकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस्तै जिल्लाामा मुख्यमनत्री नमूना गाउँ कार्यक्रम सञ्चालनको तयारी छ । मेलौली नगरपालिकामा यो  कार्यक्रम सञ्चालन हुने  अर्थ  विज्ञ कडेलले बताए । यस्तै जिल्ला भरिका किसानहरुका लागि पनि कार्यक्रम सञ्चालन हुने उनले  बताए । 

उन्त जातको बिउविजन, मलखाद फौजि किराका लागि विषादी वितरण गर्ने  कार्यक्रम रहेको  उनको  भनाई  छ ।  बैतडीको १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेति गरिन्छ ।  बैतडीको सबै  ठाउँमा मकै खेती हुने  गरेको  भएपनि जङ्गली जनावरका लगायत विभिन्न प्राकृतिक विपद्का कारण उत्पादन अपेक्षा ढंगले  बढ्न सकिरहेको  छैन् ।

जिल्लाका कतिपय ठाउँका खेतहरु बाँदर , दुम्सी बदेंल लगायतका  जंगली जनावरका कारण किसानहरुले बाँझै  छाड्नु  पर्ने  बाध्यता  छ ।    

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update