Sagun Khabar
बैतडीमा कालिका माविको ७३ औं बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –६ स्थित कालिका मावि थालिगडाको ७३ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवसिंह रावलको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा नेपाली कांग्रेसका नेता एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द बिशिष्ट अतिथी रहेकी थिइन् । यस्तै समारोहमा दशरथचन्द नगरपालिका वडा नं ६ का वडा अध्यक्ष महेन्द्रसिंह कार्की, पूर्व वडा अध्यक्ष गजेन्द्रसिंह रावल, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कक्षा १२ सम्मको पढाई हुने सो विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update