Sagun Khabar
दार्चुलामा एकजना मृत फेला 

दार्चुला –दार्चुलामा एक जना मृत फेला परेका छन् । जिल्लाको तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार  ब्यास गाउँपालिका वडा नम्बर ४ डोबस्थित दार्चुला तिङ्कर सडक–खण्डको नालीमा सोही ठाउँका  भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन् । 

घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update