Sagun Khabar
मेलौलीमा पालिकास्तरीय हाजिरी जवाफ  प्रतियोगिता सम्पन्न 

बैतडी–मेलौलीमा पालिकास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मणिलेक माविको जुनियर रेडक्रस सर्कलले सञ्चालन गरेको प्रतियोगितामा ११ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । पालिकाभरी रहेका १२ ओटा माध्यमिक विद्यालय मध्ये ११ ओटा प्रतियोगितामा सहभागिता रहेको हो । 

सो प्रतियोगितामा मणिलेक मावि प्रथम भएको छ । उसले ५ हजार नगदसहित प्रमाणपत्र हात पारेको छ । यस्तै प्रतियोगितामा दोश्रो भएको विशालपुरमा माविले ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेश्रो भएको दुर्गा माविले नगद २ हजार सहित प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा केदारेश्वर मावि दुर्गास्थानले सान्त्वना स्थान प्राप्त गर्दै नगद १ हजार सहित प्रमाणपत्र हात पारेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update