बैतडीमा रोटरी क्लब अफ काठमाण्डौं हाइटले झोला र खेलकुद सामग्री वितरण गर्यो
बैतडी –बैतडीको पाटन नगरपालिका १ मा रहेका दुईओटा विद्यालयमा शैक्षिक सामग्री र झोला वितरण गरिएको छ । रोटरी क्लब अफ काठमाण्डौंको सहयोगमा कालिका आधारभूत विद्यालय सकार र ज्ञानज्योति आधारभूत विद्यालय गणेशपुरमा झोला र शैक्षिक सामग्री वितरण गरिएको पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।
कालिका आधारभूत विद्यालयका कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई १३० झोला र खेलकुद सामग्री प्रदान गरिएको छ भने ज्ञान ज्योति आधारभूत विद्यालयमा ३५ ओटा झोला र खेलकुद सामग्री वितरण गरेको वडा अध्यक्ष ठगुन्नाले बताए ।
रोटरी क्लब अफ काठमाण्डौंका सदस्य चेतराज भट्टराईको पहलमा विद्यालयमा झोला र खेलकुद सामग्री वितरण गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ १८:३०
प्रतिक्रिया दिनुहोस्





