Sagun Khabar
दशरथचन्द नगरपालिकास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न 

बैतडी –बैतडीमा दशरथचन्द नगरपालिकास्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शहीद दिवसको पूर्वसन्ध्यामा शहीद स्मृति प्रतिष्ठानको आयोजनामा र उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । 

१४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एमजेसी एकेडेमी प्रथम,विरेन्द्र मावि शाहीलेक द्वितीय, केदारनागर्जुन मावि बगलेखान तृतीय र दशरथचन्द मावि सुन्दरखालीले सान्त्वना स्थान प्राप्त गरेको छ । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाणपत्र, दोश्रो हुनेलाई नगद ३ हजार सहित प्रमाणपत्र, तेश्रो हुनेलाई नगद २ हजार सहित प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद एक हजारसहित प्रमाणपत्र वितरण गरिएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update