बैतडी –बैतडीको सुर्नया गाउँपालिका –३ स्थित भुवनेश्वर मावि गोयलीको ५२ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम साथ शनिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पूर्व प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट प्रमुख अतिथी रहेका थिए । समारोहमा सुर्नया गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बोहरा बिशिष्ट अतिथी रहेकी थिइन् । बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्ट लगायतको उपस्थिती रहेका थियो ।
बार्षिकोत्सवको अवसर पारेर वडा अध्यक्ष शम्भुप्रसाद भट्टले विद्यालयमा २५ हजार बराबरको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेका छन् । आफूले पाउने पारिश्रमिकबाट अक्षयकोष स्थापना गर्ने अध्यक्ष भट्टले बताए ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक गणेशदत्त भट्टले ६१ लाख २५ हजार ६ सय बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
बार्षिकोत्सव समरोहमा बोल्दै पूर्व प्रदेश सांसद भट्टले विद्यालयको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । यस्तै गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले विद्यालयको विकासका लागि पालिकाले सबै प्रकारको सहयोग गर्ने बताइन् ।





