Sagun Khabar
अरुवद्ध टेलिकमको सेवा सुचारु 

बैतडी–शनिबार बिहानदेखि अवरुद्ध भएको नेपाल टेलिकमको सेवा आजदेखि सुचारु भएको छ । बैतडीको पाटनमा अप्टिकल फाइबर ब्रेक हुँदा बैतडी र दार्चुलामा टेलिकमको सेवा अवरुद्ध भएको थियो । रुख काट्ने क्रममा टेलिकमको १५० मिटर जति अप्टिकल फाइबर ब्रेक भएका कारण सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताए । 

शनिबारदेखि टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । अत्तरीयाबाट आएको प्राविधिकहरुको टोलीले अप्टिकल फाइबर मर्मत गरेपछि सेवा सुचारु भएको उनले बताए । यसअघि टेलिकमको सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक समस्यामा परेका थिए । 
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update