बैतडीमा लागु औषधसहित एकजना पक्राउ
बैतडी – बैतडीमा लागुऔषध सहित एकजना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ८ पूजारी गाउँका ५० बर्षीय नारायणसिंह थापा चरेश सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
प्रहरीको बिशेष अप्रेशन अन्तर्गत खोजतलास गर्दा थापाको खुद्रा पसल र घरमा २ सय ८० ग्राम चरेश फेला परेको खत्रीले बताए । अवैध लागु औषध चरेशको कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका थापामाथि लागु औषध मुद्दा दायर गरेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १२:३५
प्रतिक्रिया दिनुहोस्





