Sagun Khabar
बैतडीको दशरथचन्द नगरक्षेत्र भित्र भोलि सार्वजनिक बिदा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाभित्र भोलि (सोमबार) सार्वजनिक बिदा दिइएको छ । शहीद दिवसको अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

नगरप्रमुखस्तरीय निर्णयबाट शहीद दिवसको अवसरमा भोलि नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । 

शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमका साथ शहीद दिवस मनाउने तयारी रहेको छ । शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले दिवसका अवसरमा प्रभातफेरी कार्यक्रमका साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर दिवस मनाउने तयारी गरेको प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

Dcm1674976238.jpg

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update