Sagun Khabar
बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा

 बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । शहीद दिवसको अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । 

नगरप्रमुखस्तरीय निर्णयबाट शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले जनाएको छ । 

शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमका साथ आज शहीद दिवस मनाइँदैछ । शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले दिवसका अवसरमा प्रभातफेरी कार्यक्रमका साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 


 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update