Sagun Khabar
बैतडीमा एक युवक बेपत्ता 

बैतडी –बैतडीमा तीनदेखि एक युवक बेपत्ता रहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ३ बरक्वालीका २० बर्षीय विरेन्द्र नाथ बेपत्ता भएका उनका आफन्त राम नाथ योगीले बताए । 

बेपत्ता भएका ती युवकको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । शनिबार घरबाट एक्लै निस्केका उनी अहिले सम्म सम्पर्कमा आउन सकेका छैनन् । गहुँगोरो वर्णका भएका नाथलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन परिवारजनले आग्रह गरेका छन् । 

यस्तै नाथलाई कसैले भेटेमा ९८६५८६८७२७ नम्बरमा सम्पर्क गरिदिन पनि परिवारजनले आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update