Sagun Khabar
पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
स्वास्थ्य सन्देश
Atrya hospital

 डोटी –लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ । डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ ।

बाटो खुलेपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा आउने अतिआवश्यक सामग्री बोकेका गाडीहरु गन्तव्य तर्फ लागेका छन् ।

भीमदत्त राजमार्ग खुलेपनि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग भने अझै खुलेको छैन् । लगातारको बर्षाका कारण सडकमा खसेको पहिरो पन्छ्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बैतडीको ढोल्यामोडबाट ५ सय मिटर पर सडकमा पहिरो खसेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update