बैतडी-सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समिति अध्यक्षमा बैतडीका भट्ट चयन भएका छन् । दिल्ली राज्य समितिको छैटौँ वर्षिकोत्सव तथा तेस्रो अधिवेशनबाट बैतडीको सुर्नया गाउँपालिका ४ दिकथला जन्म घर भएका गणेश दत्त भट्ट अध्यक्षमा चयन भएका हुन् ।
यस्तै नयाँ कार्यसमिति उपाध्यक्षमा प्रमानन्द भट्ट, डि एन कपाडी, अनिल बिक, सचिवमा भरत रावत, कोषाध्यक्षमा जयराज भट्ट, सह-सचिवमा राजन रावत र सह -कोषाध्यक्षमा चन्द्र साउद चयन भएका हुन् । यस्तै प्रसाद साउदको संयोजक्त्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समिति भित्र शेर चन्द, रामजन थापा, वीर बहादुर बोहोरा,लाल बहादुर साउद रहेका छन् ।
यस्तै समितिको अन्य सदस्यमा पदम राज भट्ट, सुरेश भट्ट, निशा भारत्द्वज ,पुष्प बुढा रहेका छन् । सुदूरपश्चिमेली नेपाली समाज भारतको छैटौं बार्षिकोत्सव तथा दिल्ली राज्य समितीको तेस्रो अधिवेशन भव्य रुपले सम्पन्न भएको सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समिति अध्यक्ष गणेश दत्त भट्टले बताए ।
दिल्ली राज्य तथा महरौलि जिल्ला समितिको सयुक्त आयोजनामा आइतबार कार्यक्रम सम्पन्न भएको उनले बताए । सुदूरपश्चिमेली समाज भारत समाजको हितमा काम गर्दै आएको छ । गैर राजनीतिक र गैर नाफामुलक संस्थाका रुपमा सुदूरपश्चिमेली समाजलाई विकास गरेर सातनम्बर प्रदेशबाट भारत आएका सम्पूर्ण नेपालीलाई एक सुत्रमा बाँध्ने जमर्काे गरिरहेका अध्यक्ष भट्टको भनाई छ । सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मुल नारा का साथ सन २०१७ सालमा स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज भारतले विभिन्न समाजिक काम गर्दै आएको र अगामि दिनमा पनि समाजको विकासका लागि काम गर्ने अध्यक्ष भट्टले बताए ।
सुदूरपश्चिमेली नेपाली समाज भारतले प्राणघातक रोग लागेर उपचारमा समस्या खेपि रहेका परिवारलाई उपचारका लागि आर्थिक अभियान सञ्चालन गरेर सहयोग गर्दै आएको छ । यस्तै अन्य समस्यामा परेका पीडित दिन दुखीलाई समेत यो समाजले सहयोग गर्दै आएको हो । प्रवासमा रहेका सुदूरपश्चिमका युवाको समूहले गठन गरेको सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समिति अझै यस्ता कार्यमा लागि पर्ने अध्य भट्टले वचनवद्धता व्यक्त गरेका छन् ।
दिल्ली राज्य समितिका कार्यवाहक अध्यक्ष प्रसाद सिह क्षेत्रिको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा केन्द्रिय सह कोषाध्यक्ष हर्क रावत केन्द्रिय सदस्य तथा कला संस्कृति विभाग उप प्रमुख नरेन्द्र अधिकारी, दिल्ली राज्य उपाध्यक्ष प्रमा नन्द भट्ट, राज्य कोषाध्यक्ष जयराज भट्ट, सह सचिव डि एन कपाडी, राज्यका वरिष्ठ सल्लाहकार सेर चन्द, रामजन थापा लगायतका सद्स्यहरुको सहभागिाता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमेली नेपाली समाज भारतका सह कोषाध्यक्ष हर्क रावत रहनु भएको थियो भने बिशिस्ट अतिथि केन्द्रिय सदस्य तथा कला संस्कृतिक विभागका प्रमुख नरेन्द्र अधिकारी, समाजसेवि बिर बहादुर बोहरा, महरौलिसमिति अध्यक्ष बिक्रम धामी उपाध्यक्ष बुद्धि साउद कोषाध्यक्ष नरेन्द्र साउद रहेका थिए ।





