Sagun Khabar
बैतडीको शिवशक्ती आधारभूत विद्यालयको ३२ औं वार्षिकोत्सव सम्पन्न

बैतडी- बैतडीको शिवशक्ती आधारभूत विद्यालयको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको  छ । जिल्लाको पाटन नगरपालिका वडा नं ५बगाउँ बसन्तपुर स्थित शिवशक्ती आधारभूत  विद्यालयको  ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको हो । 

विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष नरेन्द बहादुर चन्दको सभाअध्यक्षता तथा जिल्ला समन्वय समिति बैतडीका सदस्य एवं सामुदायिक विद्यालय व्यवस्थापन सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष प्रेम सिंह भाटको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमका साथ वार्षिकोत्सव सम्पन्न भएको  विद्यालयका प्रधानाध्यापक भान बहादुर चन्दले बताए ।

वार्षिकोत्सवको अवसरमा शहीदहरुको तस्बिरमा माल्यार्पण, अन्तर सदनात्मक साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त कार्यक्रम र पढाइमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।  २०४७ सालमा स्थापना भएको शिवशक्ती आधारभुत विद्यालय कक्षा ८ सम्मको पठनपाठन हुन्छ ।

यो विद्यालयमा ७० जना भन्दा बढी विद्यार्थीहरु अध्यान   रहेको विद्यालय श्रोतले जनाएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति सदस्य  एवं सामुदायिक विद्यालय व्यवस्थापन सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष प्रेम सिंह भाटले खस्किदो शिक्षाको  गुणस्तर माथि उकास्न सबै पक्षले  जिम्मेवार  भएर  लाग्नु  पर्ने  बताए ।

शैक्षिक गुणस्तर सुधार भए  मात्रै दक्ष जनशक्ती उत्पादन हुने  उनले बताए । उनले शिक्षक, अभिभावक, विद्यार्थी र सारोकारवाला सबैले  शैक्षिक गुणस्तर सुधारका लागि ध्यान दिन आवश्यक रहेको औँल्याएका छन् । यस्तै कार्यक्रममा बोल्दै वडा नं  ५ का वडा अध्यक्ष फनि सिंह बोहराले विद्यालयको विकासका लागि आफुले  पहल गर्ने  बताएका छन् । विद्यालयको चौतर्फि विकासका लागि आफुले  सहयोग गर्ने  उनको  भनाइ थियो । 

कार्यक्रममा जनप्रतिनिधि,  नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका जिल्ला अध्यक्ष प्रेमराज भट्ट, छिमेकी विद्यालयका प्रतिनिधि , शिक्षक  अभिभावक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update