Sagun Khabar
श्रमदानमा मन्दिरको भण्डार गृह निर्माण गरिँदै 

बैतडी –बैतडीको पाटन नगरपालिका ५ वसन्तपुरमा स्थानीयहरुले आफ्नै पहलमा भूमीराज मन्दिरको भण्डार गृह निर्माण गर्न थालेका छन् । वडा नं ५ खातीखोलास्थित भूमीराज मन्दिरको भण्डार घर जीर्ण भएपछि स्थानीयहरुले जनश्रमदानमा भण्डार घर निर्माण गर्न थालेका स्थानीय दीपक ठगुन्नाले बताए । 

स्थानीय भरतसिंह ठगुन्नाको अध्यक्षतामा समिति गठन गरेर भण्डार गृह निर्माणको काम शुरु भएको उनले बताए । मन्दिरको भण्डार गृह निर्माणका लागि अहिले सम्म ४० हजार चन्दा समेत संकलन भइसकेको छ । 

स्थानीयहरुको आस्थाको केन्द्र रहेको भूमीराज मन्दिरको भण्डार गृह निर्माणमा स्थानीयहरु सक्रिय भएका हुन् । सो मन्दिरमा त्यहाँका करीब डेढसय परिवारले परापूर्वकालदेखि पूजाआजा गर्दै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update