बैतडी- सुदूरपश्चिमेली नेपाली समाज–भारत तेलंगाना राज्य समितिले पनि नयाँ समति गठन गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज –भारतको छैठौँ बार्षिकोत्सव तथा भारत तेलंगाना राज्यको चौथौ अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको हो ।
सुदूरपश्चिमेली नेपाली समाज–भारत तेलंगाना राज्य समिति अध्यक्षमा आछामका अजित बहादुर बोगटी चयन भएका छन् भने उपाध्यक्षमा बैतडीको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भएका बिनोद बहादुर विष्ट चयन भएका छन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा ईश्वर बहादुर कुवँर, उपाध्यक्षमा एकेन्द्र बिसी, नयन सिंह भण्डारी , सचिवमा रुपक बहादुर बिष्ट, सह सचिवमा लक्षमण बिसी, कोषाध्यक्षमा गोपीराम धमाला , सह कोषाध्यक्षमा सोनी परीवार लगायत ३१ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।
यस्तै कला संस्कृति विभाग संयोजकमा नरबहादुर भण्डारी, सह संयोजकमा माया ढुङ्गाना, बरिष्ठ कलाकार तिलक बजगाईं , नबिन बहादुर परीवार, भरत भावुक शर्मा ,अमृता बिक, अर्जुन आउजी, माया ढुङ्गाना, महिला संयोजकमा कमला जोशी चयन भएका सुदूरपश्चिमेली नेपाली समाज–भारत तेलंगाना राज्य समिति उपध्यक्ष बिनोद बहादुर विष्टले बताए ।
सुर्नया घर भएका विष्ट लामो समय देखि समाजसेवामा सकृय छन् । प्रवासमै रहेर पत्ताल भुमेश्वर युवा जागरणम मञ्च गठन गरेर उनले विभिन्न सामाजिक काम गर्दै आएका छन्। उनको अगुवाइत्वमा सुर्नया २मा अवस्थित प्रसिद्ध धार्मीक तथा पर्यटकियस्थलको गेट निर्माण, कोरोना कहरका बेला निशुल्क एम्बुलेन्स सञ्चालन गरेर अस्पताल सम्म बिरामी लैजाने कार्य भएका थिए । आफनो गाउँ समाजका लागि केहि गर्नु पर्छ भन्ने धेयले सामाजिक क्षेत्रमा सकृय रहेको र अगामि दिनमा पनि नागरिकहरुका दुख पीडामा सहयोग गरिने उपाध्यक्ष विष्टले बताए।
समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएका विष्ट अहिले रोजगारीको सिलसिलामा भारतको हैदरावादमा छन् । उनले उतैबाट आर्थिक अभियान सञ्चालन गरेर जन्मभुमीमा समस्यामा परेकालाई आर्थिक सहयोग गर्दै आएका छन् ।





