Sagun Khabar
बैतडीमा बेवारिसे फेला परेकी एक महिलाको उद्धार 

बैतडी –बैतडीको सतबाँझमा वेवारिसे अवस्थामा फेला परेकी एक महिलाको उद्धार गरिएको छ । स्पष्टसंग बोल्न नसक्ने ती महिलालाई उद्धार गरेर जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा राखिएको छ । महिलाको अहिले सम्म पहिचान भने हुन सकेको छैन्  । 

एकद्वार संकट व्यवस्थापन केन्द्रमा ती महिला राखिएपनि उनको पहिचान नहुँदा समस्या भएको छ । उनी के समस्या परेर कहाँबाट आएकी हुन् भन्ने कुराको पहिचान हुन नसकेको नसकेको जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर थानेश्वर न्यौपानेले बताए । उनले भने ‘उनमा मानसिक समस्या हो या अन्य कुनै हिंसाबाट प्रभावित हुन भन्ने कुरा पहिचान भएको छैन् । स्पष्ट रुपमा बोल्न नसक्दा उनको समस्याको बारेमा थाहा हुन मुस्किल भएको छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

वेवारिसे अवस्थामा जिल्लाको सतबाँझमा फेला परेकी ती महिलाको उद्धार गरेर प्रहरीले जिल्ला अस्पतालको ओसिएमसीमा पु¥याएको हो ।

यी महिलालाई चिन्ने जो कोहीले पनि नजिकको प्रहरी अथवा जिल्ला अस्पताल बैतडीको ओसिएमसीको नम्बर ९८५८७८५०३१ मा सम्पर्क गरिदिनहुन समेत अस्पतालले सबैमा आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update