बैतडीका एकजनाको भारतमा मृत्यु

बैतडी –रोजगारीको सिलसिलामा भारतको पञ्जाबमा काम गर्दै आएका एकजनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ८ लुपुँडका ४० बर्षीय देवसिंह बोहराको पञ्जाबको अमृत शहरमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
केही दिनदेखि अस्वस्थ रहेका बोहराको उपचारका क्रममा मंगलबार राति पञ्जाबमै मृत्यु त्यहाँबाट शंकर बोहराले बताए । मृतक बोहराका घरमा २ छोरा, एक छोरी र श्रीमति रहेका छन् । कमाउनका लागि भारत गएका बोहराको उतै मृत्यु भएपछि अहिले परिवार शोकमा डुबेको छ । घरको आधार ढलेपछि बोहरा परिवारलाई निकै समस्या भएको स्थानीयहरुले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ ०८:३२
प्रतिक्रिया दिनुहोस्