Sagun Khabar
बैतडीको समैजी आधारभूत विद्यालयको बार्षिकोत्सव सम्पन्न 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं २ स्थित समैजी आधारभूत विद्यालय ल्याटीको ४६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थानि समितिका अध्यक्ष माधवी बमको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पुर्चौंडी नगरपालिकाका प्रमुख दिपकबहादुर बम प्रमुख अतिथी रहेका थिए । बार्षिकोत्सव समारोहमा वडा नं २ का वडा अध्यक्ष चक्रबहादुर बम र वडा नं ७ का वडा अध्यक्ष धिरेन्द्र बम बिशिष्ट अतिथी रहेका थिए । 

कक्षा ८ सम्मको पढाई हुने सो विद्यालयमा बार्षिकोत्सवमा अवसरमा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । बार्षिकोत्सव समारोहमा विद्यालयको शैक्षिक र भौतिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update