बैतडी –बैतडीको सुर्नया गाउँपालिका २ स्थित बासुदेव मावि लिस्किटाको ७३ औं बार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानबहादुर चन्दको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा निवर्तमान प्रदेश सांसद प्रेमप्रकाश भट्ट प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक जितबहादुर पाण्डेले १ करोड ५५ लाख ६० हजार बरबारको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो ।
२००६ सालमा स्थापना भएको बासुदेव माविमा हाल कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । यस्तै सो विद्यालयमा प्राविधिक धारतर्फको पढाई समेत हुने गरेको विद्यालयका सहायक प्रधानाध्यापक विक्रम खड्काले बताए । वासुदेव माविमा ३७७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।





