Sagun Khabar
कालंगा जलविद्युत परियोजना केन्द्रीय प्रशारण लाइनमा जोडियो 

बैतडी –सुदूरपश्चिमको सबैभन्दा ठूलो ३८.४६ मेगावाट क्षमताको अपर कालंगा जलविद्युत परियोजना विद्युतको केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । मंगलबार परियोजनाको उद्दघाटन भएसंगै कालंगा जलविद्युत परियोजना केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । 

उद्दघाटन अघि परियोजनाको परीक्षण गरिएको थियो । परीक्षण पूर्ण रुपमा सफल भएपछि परियोजनाको उद्घाटन गरिएको हो ।

बझाङमा निर्मित कालंगा जलविद्युत परियोजना सुदूर पश्चिमको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना दार्चुलामा निर्माण गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update