Sagun Khabar
जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा घरमै नागरिकता वितरण 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –जिल्ला प्रशासन कार्यालय दार्चुलाले घरमै नागरिकता वितरण गर्ने कार्यलाई जारी राखेको छ । विभिन्न कारणले जिल्ला प्रशासन कार्यालयमा पुग्न नसक्ने नागरिकहरुलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बिहीबार महाकाली नगरपालिका ३ बाँझकी ५८ बर्षीया ऐतादेवी महरलाई घरमै नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । अपांगता भएकी महर जिल्ला प्रशासन कार्यालयमा पुग्न नसक्ने भएकाले उनलाई घरमै नागरिकता प्रदान गरिएको हो । 

यसअघि पनि विभिन्न स्थानमा पुगेर अपांगता भएका, जेष्ठ नागरिक तथा समस्यामा परेका नागरिकहरुलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update