Sagun Khabar
बैतडीको पाटनमा डडेल्धुराका अवस्थी मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको पाटनमा डडेल्धुराका एकजना मृत फेला परेका छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का अन्दाजी २६ बर्षीय पदम अवस्थी पाटन नगरपालिका ६ को गबरजलढ्वानी  भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनी आज  पौने ४ बजे मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । मृतकका आफन्त डडेल्धुराबाट बिहीबार साँझ पाटन आइपुगेका प्रहरीले जनाएको छ । अवस्थीको मृत्युका बिषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए । 

अवस्थी किन र कहिले बैतडी आएका हुन भन्ने कुरा पनि खुल्न बाँकी रहेको छ । मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update