Sagun Khabar
मनकारी समाजले बैतडीको एक विद्यालयमा स्कुल ड्रेस वितरण गर्यो 

बैतडी –मनकारी समाज नेपालले बैतडीको एक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गरेको छ । जिल्लाको मेलौली नगरपालिका –२ स्थित कोटेश्वर आधारभूत विद्यालयका बालबालिकाहरुलाई शुक्रबारे ड्रेस वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मनकारी समाज नेपालका अध्यक्ष विवेकानन्द पाण्डेयले बताए । 

न्यून आर्थिक अवस्था भएका परिवारका १२६ जना बालबालिकाहरुलाई ड्रेस वितरण गरिएको उनले बताए । ड्रेस वितरणपछि बालबालिकाहरुलाई विद्यालयमा सहज हुने विश्वास गरिएको पाण्डेयले बताए । 

अभिभावकहरुको समेत उपस्थितीमा बालबालिकाहरुलाई ड्रेस वितरण गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका बिषयमा समेत छलफल गर्न अभिभावकहरुलाई बोलाइएको अध्यक्ष पाण्डेयले बताए । 

मनकारी समाज नेपालले विपद्मा परेका र न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुलाई समयसमयमा विभिन्न सहयोग गर्दै आएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update